पाल्पामा रहेको यो महत्वपूर्ण मन्दिर जहाँ ‘बहिरी देवीसँग चिच्याएर वर मागौँ’ तपाईको मनोकामना पुरा हुन्छ

रामपुर – पाल्पाको महत्वपूर्ण धार्मिकस्थल सत्यवतीमा धार्मिक मेला मङ्सिर ५ देखि ७ गतेसम्म लाग्दैछ । तिनाउ गाउँपालिका – ४ पाल्पा सत्यवतीमा रहेको ताल तथा मन्दिर परिसरमा कात्तिक पूर्णिमाको अवसरमा मेला लाग्दै आएको छ ।

सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिको बैठकले मेला व्यवस्थित एवम् सहज बनाउन मेला व्यवस्थापन उपसमितीहरु गठन गरिएको छ । सत्यवती बज्यै बहिरी छन् भन्ने विश्वासले मन्दिर जाने भक्तजनले ताल र मन्दिरको परिक्रमा गर्दै जोडले चिच्याएर वर माग्छन् ।

मन्दिर पुग्नका लागि सिद्धार्थ राजमार्गबाट करीब दुई घण्टा लाग्छ । चतुर्दशीको दिन तालमा साल तथा बाँसको लिङ्गो गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो चिनेर पूजा गर्ने र चिच्याएर वर मागेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

Similiar Post