रियल मड्रिड छाडेको १० महिनापछि फेरी प्रशिक्षकका रुपमा नियुक्त भए जिनेदिन जिदान

एजेन्सी । विश्व चर्चित फुटबल क्लब रियल मड्रिडका प्रशिक्षक सान्टियागो सोलारीले क्लबलाई राम्रो गर्न नसकेको भन्दै वर्खास्त गरिएको छ । सान्टियागो सोलारीलाई बर्खास्त गर्दै क्लबले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । प्रशिक्षक सान्टियागो सोलारीलाई कारवाही गरेर बर्खास्त गरेसँगै बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिनेदिन जिदानलाई सन् २०२२ को जुन ३० सम्मका लागि प्रशिक्षक नियुक्त गरेको जानकारी रियलले आफ्नो सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटबाट दिएको छ ।

करिब १ वर्ष अघि पूर्व प्रशिक्षक जिदानले क्लब छाडेपछि लय बिगारेको रियलको पछिल्ले खेल राम्रो हुन सकिरहेको थिएन । यही मौकामा रियलले प्रशिक्षक जिदानलाई भित्र्याएको आधाकारिक वेभसाइट मार्फत उल्लेख गरेको छ । रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछाडि रहेका बेला आगामी खेलमा यसले उत्कृष्ट प्रदृशन गर्नेमा क्लब आशावादी रहेको छ । यसअघि रियल मड्रिडलाई तीनवटा च्याम्पियन्स लिगको उपाधिसहित ९ वटा जिताएर गत मेमा जिदान क्लबबाट अलग्गिएका जिदानले आगामी दिनमा कस्तो नतिजा दिलाउने हुन् त्यो भने हेर्न बाँकी नै रहेको छ ।

Similiar Post