सुगाैली सन्धिपछि भारतले मिचेकाे भूमि फिर्ता पाउनुपर्ने माग राख्दै जेनेभामा प्रदर्शन

तत्कालीन अंग्रेज शासकका पालामा भारतले मिचेकाे नेपाली भूभाग फिर्ता पाउनुपर्ने माग गर्दै स्वीट्जरल्याण्डकाे जेनेभामा आज शान्तिपूर्ण प्रदर्शन हुँदै छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयाेजक फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले लिएकाे नेपाली भूभाग फिर्ता गर्नुपर्ने माग उठाएका छन् । उनले परिषदको ४० औं सत्रमा सो माग दर्ज गर्दै आफ्नाे सम्बाेधन गरेकाे जानकारी बुधबार दिएका थिए ।

संयाेजक नेपालले आफ्नो सम्बाेधनका क्रममा भारतले सन् १९४७ यता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको आराेप लगाउँदै उसले उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई अटेर गरिरहेकाे बताएका थिए ।

आज जेनेभामै उनले विरोध प्रदर्शन कार्यक्रम राखेका छन् । भारतले सन् १९४७ अगस्त १५ देखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन कब्जा गर्दै आएको ज्यादतीकाे विरोधमा जेनेभास्थित ब्राेकन चेयर भन्ने ठाउँमा मार्च १४ अर्थात आज बिहीबार स्थानीय समय अनुसार दिउँसो १२:३० देखि २:०० बजेसम्म विरोध प्रदर्शन कार्यक्रम हुन लागेकाे संयाेजक नेपालले जानकारी दिए ।

उनले जेनेभामा रहेका नेपाली र जेनेभा आउन सक्ने समर्थकलाई साे प्रदर्शनमा सहभाी भइदिन अनुरोध समेत गरेका छन् ।

‘नेपालका साथीहरू ! जजसका साथीभाइहरू र आफन्तहरू जेनेभामा बस्नुभएको छ, उहाँहरूलाई पनि जेनेभाको `ब्रोकन चेयर´ मा जम्मा भइदिन अनुरोध गरिदिनुहुनेछ भन्ने अाशा गर्दछु,’ उनले एक वक्तव्यमार्फत भनेका छन्, ‘नेपालभित्र र बाहिरका सम्पूर्ण पत्रकार मित्रहरूसमक्ष पनि यो सूचना सम्प्रेषण गरिदिनहुन आग्रह गर्दछु ।’

उनले लामो प्रयासपछि आफूले राष्ट्रसंघीय मञ्चमा ग्रेटर नेपालकाे मुद्दा उठाउन सफल भएकाे क्षणलाई ऐतिहासिक भन्दै आफूले उठाएका कुरा राष्ट्र संघमा अभिलेख रहने बताएका छन् ।

यो पनि पढ्नुस
कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

के हो ‘हाइपनिक जर्क’
हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

♦हाइपनिक जर्कको कारण के ?
वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

♦ कसरी बच्ने ?
आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

♦ क्याफिन
सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

♦ गुलियो कम खाने
धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

आइरन

यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।

धेरै कसरत र मोबाइल

सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।

Similiar Post