कुखुरा फार्ममा पसेको स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु

बीबीसी । फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको एक स्याल फार्मका कुखुराको झुण्डको आक्रमणमा परेर मरेको विश्वास गरिएको छ । फर्ममा स्यालको एक सानो बच्चा पसेको थियो । तर उ गलत समयमा गलत ठाँउमा पुगेको थियो ।

स्याल फार्म पसेपछि आत्तिएका कुखुराहरुको झम्टाईमा परेर स्याल मरेको हो । फार्ममा त्यो समय तीन हजार कुखुरा थिए । यो अनौठो घटना फ्रान्सको ब्रिटानीमा भएको हो । फार्मका प्रमुख पास्कल ड्यानियले फार्ममा अटोमेटिक ढोका रहेकाले स्याल पस्नासाथ ढोका आफैँ बन्द भएको हुनसक्ने बताए ।

‘स्यालको घाँटीमा घाउ थियो । त्यो कुखुराको चुच्चोले पारेको चोटबाट बनेको थियो,’ ड्यानियलले भने । सोही चोटबाट स्याल मरेको ड्यानियलले बताए । ड्यानियलका अनुसार घटनाबारे अर्को दिनमात्र पत्ता लागेको थियो । अर्को दिन कर्मचारीहरु फार्ममा जाँदा त्यहाँ ६ महिनाजतिको स्यालको मृत शरिर भेटिएको थियो ।

पाँच एकडमा फैलिएको फार्ममा ६ हजार खुल्ला छाडिएका चल्ला थिए । फार्म दिनमा खुल्ला छाडिन्छ । यसले गर्दा धेरै जसो कुखुराहरु दिनको समयमा बाहिर टहल्लिरहेका हुन्छन् ।

Similiar Post