भाइरल बन्दै दिशा पटानिको बोल्ड बिकिनी लुक (फोटो फिचर)

एजेन्सी । टाइगर श्राफ र दिशा पटानी प्रेमसम्बन्धका कारण चर्चामा छन् । दुवैजना फिल्म ‘बागी २’मा सँगै देखिएका थिए । दिशा सामाजिक सञ्जालमा खुब क्रियाशील छिन् । हरेक दिन तस्बिर या भिडियो सेयर गरिरहन्छिन् ।

हालै दिशाले जब पिंक बिकिनीमा फोटो पोस्ट गरिन्, फ्यानका साथै टाइगरले पनि कमेन्ट गरिदिए । टाइगरले दिशाको बोल्डनेसको प्रशंसा गर्दै ताली बजाएको इमोजी राखेका छन् । दिशा हट लागेको अर्थ आउने कमेन्ट गरेपछि फ्यानहरूले टाइगरलाई उडाउने किसिमको प्रतिक्रिया जनाएका छन् ।

टाइगरलाई मेन्सन गरेर एक प्रयोगकर्ताले लेखेका छन्, ‘रोक यार, आफ्नी प्रेमिकालाई १’ योभन्दा पहिला पनि दिशाले बिकिनीमा फोटो पोस्ट गरेकी थिइन् र ट्रोलको सिकार भएकी थिइन् । अहिलेसम्ममा दिशाको फोटोमा १५ लाखभन्दा ज्यादाले लाइक गरेका छन् भने १ हजारभन्दा ज्यादा कमेन्ट छन् ।

Similiar Post