आँधी पीडितलाई राहत बाँडेर फर्किएका धुर्मुसले भने, ‘पीडितको प्रमुख आवश्यकता पुनर्बासको हो’ (भिडियो)

काठमाडौं । हास्यकलाकारबाट विकासवादी र समाजसेवीको परिचय बनाएका सीताराम कट्टेल धुर्मुस हालै भीषण आँधीबाट प्रभावित बारा पर्सामा पुगेर राहत बाँडेर काठमाडौं फर्किएका छन् । चितवनका अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा जुटेका उनी आँधीबाट पीडितलाई राहत बाँड्न सोमबार प्रभावित क्षेत्र पुगेका थिए । उनकाअनुसार चार सय पीडितलाई रासनसहित राहत बाँडेको जानकारी दिए । उनले पीडितहरुको प्रमुख आवश्यकता पुनर्बासको रहेको जानकारी दिए ।

घरबारबिहीन पीडितलाई घरमा राख्नु पर्ने भएकाले सोहीअनुसार स्थानीय तहका प्रतिनिधिदेखि सरोकारवालाको ध्यानाकर्षण गराएको जानकारी दिएका उनले सरकारको अभियानमा आफूहरुको पनि सहयोग रहने जानकारी दिए ।

Similiar Post