सबै तिर चर्चा कमाउदै एक दिनमै ट्रेन्डिङमा पर्‍यो तेजस र बिष्णु माझिको ‘पिडालु’ (भिडियो सहित)

काठमाण्डौ:लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत पिँडालु सार्वजनिक भए संगै निकै चर्चित बनेको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत युट्युब मार्फत सोमबार मात्रै सार्वजनिक गरिएको हो । सार्वजनिक भए भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै गीत चर्चित बनेको छ । इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बिशुद्द लोक संस्कृति झल्काउने खालको भएकाइले गर्दा दर्शक श्रोताहरुले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक राम प्रसाद कंडेलले जानकारी दिए ।

शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक., तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्ग छन । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । भिडियोमा दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन । गीतले टिकटक लगाएत सामाजिक सञ्जालमा प्रशंसा पाएपछी आफुहरुलाई हौसला मिलेको निर्माण टिमले जानकारी दिएको छ । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको गीत यो समाचार तयार पारीन्जेल सम्म युट्युबको ट्रेन्डिङ नम्बर २२ मा आइसकेको छ । भिडियो हेर्नुहोस्

Similiar Post