दुखद खबर : ताप्लेजुङमा पाथीभराबाट फर्किएको गाडी दुर्घटना , ११ तीर्थयात्री घाइते, ५ गम्भीर

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किदै गर्दा तीर्थयात्री चढेको गाडी दुर्घटनामा परेकाे छ । मंगलबार राति ९:५० बजे सुकेटार विमानस्थल छेउमा गाडी दुर्घटना हुँदा गाडीमा सबार ११ तीर्थयात्री घाइते भएका छन्। घाइते ५ जनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

गम्भीर घाइतेमध्ये ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल, ८ वर्षीय निशान आचार्य र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि अन्यत्र रिफर गरिएको छ भने बाँकी ६ जनाको ताप्लेजुङमै उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

Similiar Post