घर बाट निस्किने बेला एसो भनेर निस्केकी थिइन, बिधालयमा सधै क्लास फस्ट हुने १४ वर्षीय मोनिका, आफ्नो रिजल्ट सुन्न नपाइ संसार छाडिन

सन्धिखर्क, चैत्र २५ ।अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । अर्घाखाँची जिल्लाको भुमेकास्थान नगरपालिका वडा नं. ८ लातेवाजमा दिउँसो लु. १ ज. १२२९ नम्बरको देउराली यातायातको जिप दुर्घटना भएको थियो । उक्त घटनामा २ जनाको घटना स्थलमै मृत्यु भएको र जिल्ला अस्पताल सन्धिखर्क मा एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिप दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् भने ८ जना सामान्य घाइते भएका छन् । चुत्राबेशी बाट दिउँसो १ बजे प्युठानको बरौलाको लागि छुटेको लु.१ ज.१२२९ नम्बरको महेन्द्र जिप भुमिकास्थान -८ लात्तेबाजमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यु भएको छ।घाइते १५ जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग थापाले जानकारी दिए।सामान्य घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको छ भने गम्भीर घाइते ४ जनालाई बुटवल रिफर गरिएको जानकारी आएको छ ।

१५ जना घाइतेको थप उपचार भैरहवामा

गाडी दुर्घटनामा घाईते भएका १५ जनालाई सन्धिखर्क अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ। भूमिकास्थान ९ का भारती थापा, भूमिकास्थान ७ का शिवबहादुर रायमाझी, सन्धिखर्क १२ का विष्णुमाया श्रेष्ठ, भुमिकास्थानका ज्ञानु थापा, रोल्पाका रेगबहादुर थापा, निर्मला घर्ती मगर, सन्धिखर्क ९ का मुमादेवी आचायर्य, मालारानी ५ का सन्ध्या भुसाल, प्युठान ऐरावतीका सोनु शाही र डेविट विक्रम शाह, सन्धिखर्क १२ का राजेश नेपाली रहेका छन्। यस्तै भूमिकास्थान ५ का मिना बन्जाडे, भूमिकास्थान ८ का हिराबहादुर विक, भूमिकास्थान ६ का संगीता घर्ती, भूमिकास्थान५ का जीवन थापा र भूमिकास्थान नगरपालिका ६ का चालक श्यामबहादुर थापालाई पनी भैरहवा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग शाहले जानकारी दिए।गाडीचालक थापालाई प्रहरीको नियन्त्रणमा उपचारका लागि भैरहवा लगिएको छ। भूमिकास्थान ५ का जिवन राना भने जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि डिस्चार्ज भएका छन्।

यो घटनामा मोति माध्यमिक विद्यालयको कक्षा ८ को परिक्षा दिई मोनिका फुर्सदको समयमा आफन्त भेटन् अर्घाखाँची पुगेकी थिइनँ। १४ बर्षिय मोनिका आचार्यको दुर्घटनामा मृत्यु हुँदा विद्यालयले कक्षा १ देखि ७ सम्म प्रथम हुने छात्रा गुमाएको छ । विद्यालयका शिक्षक महेश कुमार श्रेष्ठ यस बर्षमा दिएको कक्षा ८ को परिक्षाको नतिजा अनुसार पनि मोती माद्यामिक विद्यालयको कक्षा प्रथम भएको जानकारी दिएका छन् ।

Similiar Post