पूर्वप्रेमीले अर्कै युवतीसँग बिहे गर्न लाग्दा पूर्वप्रेमिका बेहुली बनेर पुगेपछि… (भिडियो)

एजेन्सी। चीनमा एक बिहेमा यस्तो प्रेम त्रिकोण देखियो कि त्यहाँ भएका सबै दंग परे । यो घटनाको भिडियो भाइरल भइरहेको छ । यहाँ आफ्ना पूर्वप्रेमीको बिहेमा एक युवती बेहुलीको पहिरनमा पुगिन् ।

भिडियोमा ती युवतीले पूर्वप्रेमीसँग माफी माग्दै फेरि आफूसँग फर्कन जिद्दी गर्छिन् । यो सब देखेर बिहे गर्न लागेकी बेहुली चकित परिन् । डेलिमेलको रिपोर्टअनुसार बेहुलाले आफ्नी बेहुलीलाई किस गर्नै लाग्दा पूर्वप्रेमिका पुगेकी थिइन् । यो सब देखेर बेहुली रिसाएर स्टेज छोडेर जान खोज्छिन् ।

Similiar Post