खेलकुद

अपडेट : ओखलढुङगामा स्कारपियो दुर्घटना , ७ जनाको मृत्यु २ घाईते ( ९ तस्विरहरू)

अपडेट : ओखलढुङगामा स्कारपियो दुर्घटना , ७ जनाको मृत्यु २ घाईते ( ९ तस्विरहरू)

Posted in खेलकुद
ओखलडुङ्गामा / ओखलढुङगा मानेभञ्ज्याङ गाउँपालिका-६ डडुवाखोला स्थित सिद्दिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । आज दिउँसो पौने १२ बजेको समयमा सोलुबाट काठमान्डौं तर्फ जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो अचानक बाटो बाट अन्दाजि २०० मिटर तल खस्दा स्कारपियोमा सवार ताप्लेजुङको फक्तालुङ गाउँपालिका-७ ओलाङचुङगोला बस्ने ५५ बर्षिय मिङ्मा शेर्पा, सोही स्थान बस्ने ४५ बर्षिय साङगेल शेर्पा, काठमाण्डौ बौद्ध बस्ने ३५ बर्षिय नुर्बु शेर्पा , बर्ष ३०/३५ को ङवाङ शेर्पा, डोमा शेर्पा , बर्ष ३२/३३ की नुमा शेर्पाको घटनास्थलमानै मृत्यू भएको थियो ।घाईतेहरुमा सोही स्थान बस्ने बर्ष २५ / ३०को कृष्ण श्रेष्ठ (चालक), काठमाण्डौको बौद्ध बस्ने मृतक डोमा शेर्पाकी छोरा बर्ष अन्दाजि ९।१० को मिङमा शेर्पा र काठमाण्डौ नया बस्ती बस्ने बर्ष ४५।४६ को कुङसिङे शेर्पालाई उपचारको ला
आईपीएलमा सन्दीपको कमाल : दोस्रो ओभरमा लिए विकेट

आईपीएलमा सन्दीपको कमाल : दोस्रो ओभरमा लिए विकेट

Posted in खेलकुद
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन्।टस जितेर फिल्ड रोजेको दिल्लीको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले कसिलो बलिङ गरेका छन्। व्यक्तिगत पहिलो होभरमा एक रनमात्र दिएका सन्दीपले दोस्रो ओभरमा एक विकेट लिएका हुन्। सन्दीपले कोलकत्ताका ओपनर ब्याट्सम्यान निखिल नाइकलाई आउट गरेका हुन्। सन्दीपले नाइकलाई बिएलडब्ल्यू धरापमा पारेका हुन्। सन्दीपले व्यक्तिगत दोस्रो ओभरमा एक विकेट लिएर ६ रन दिएका छन्।शनिबारको दोस्रो खेलमा दिल्ली क्यापिटलले कोलकाता नाइट राइडर्सको सामना गरिरहेको छ। दिल्लीले यसअघिका दुई खेलमध्ये एक जित र अर्को हार ब्यहोरेको छ।दिल्ली र कोलकाताको खेल फिरोज कोट्ला स्टेडियममा सुरु भएको छ। सुरुवाती दुई खेलमा मौका नपाएका नेपाली स्पिनर सन्दीपले आज मौका पाएका हुन्।आजको खेलमा दिल्लीको प्लेइङ
रियल मड्रिड छाडेको १० महिनापछि फेरी प्रशिक्षकका रुपमा नियुक्त भए जिनेदिन जिदान

रियल मड्रिड छाडेको १० महिनापछि फेरी प्रशिक्षकका रुपमा नियुक्त भए जिनेदिन जिदान

Posted in खेलकुद
एजेन्सी । विश्व चर्चित फुटबल क्लब रियल मड्रिडका प्रशिक्षक सान्टियागो सोलारीले क्लबलाई राम्रो गर्न नसकेको भन्दै वर्खास्त गरिएको छ । सान्टियागो सोलारीलाई बर्खास्त गर्दै क्लबले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । प्रशिक्षक सान्टियागो सोलारीलाई कारवाही गरेर बर्खास्त गरेसँगै बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिनेदिन जिदानलाई सन् २०२२ को जुन ३० सम्मका लागि प्रशिक्षक नियुक्त गरेको जानकारी रियलले आफ्नो सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटबाट दिएको छ ।करिब १ वर्ष अघि पूर्व प्रशिक्षक जिदानले क्लब छाडेपछि लय बिगारेको रियलको पछिल्ले खेल राम्रो हुन सकिरहेको थिएन । यही मौकामा रियलले प्रशिक्षक जिदानलाई भित्र्याएको आधाकारिक वेभसाइट मार्फत उल्लेख गरेको छ । रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछाडि रहेका बेला आगामी खेलमा यसले उत्कृष्ट प्रदृश
नोबेलले गर्यो रेकर्ड ब्रेक : एकै दिन १४ जनाको मुखबाट निकालियो पित्त नलीको ढुंगा

नोबेलले गर्यो रेकर्ड ब्रेक : एकै दिन १४ जनाको मुखबाट निकालियो पित्त नलीको ढुंगा

Posted in खेलकुद
विराटनगर, २६ फागुन । नोबेल शिक्षण अस्पतालले मुखबाट ईण्डोस्कोप छिराएर एकै दिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकाली नयाँ रेकर्ड कायम गरेको छ । ईआरसीपी बिधि मार्फत बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकालिएको नोबेल अस्पतालले जनाएको छ ।एकै दिन हालसम्मकै ठुलो संख्यामा सफलतापूर्वक ईआरसीपी गरेर नयाँ रेकर्ड कायम गरिएको अस्पतालको दावी छ । नेपालमै पहिलो पटक एकै दिन यत्ती धेरै बिरामीको ईआरसीपी गरिएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । ‘नेपालमा हालसम्म एकै दिन यत्ती धेरै संख्यामा सफलतापूर्वक ईआरसीपी गरिएको छैन ।’ उनी भन्छन् ‘यो नेपालकै नयाँ रेकर्ड हो ।’यसअघि धुलीखेल अस्पतालले एकै दिन ११ वटा ईआरसीपी गरेको बताईएको छ । त्यसयता नोबेलले यो नयाँ रेकर्ड बनाएको डा.यादवको दावी छ । वीर अस्पतालमा कार्यरत ग्यास्ट्रो ईनटेरोलोजीष्ट डा.विवेक कुमार पुर्वेले पनि यो नयाँ रेकर्ड भएको स्वीकार ग
नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टीम पहिला बलिंग गर्दै, सन्दीपले लिए विकेट

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टीम पहिला बलिंग गर्दै, सन्दीपले लिए विकेट

Posted in खेलकुद
काठमाडौं – आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिमले इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । आज कराचीमा हुने पाकिस्तान प्रिमियर लिग ९पीएसएल० अन्तर्गत सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।टस जितेर क्लान्दरका कप्तान फकर जमानले पहिला बलिंग रोजेपछि इस्लामावादले पहिला ब्याटिंग गरिरहेको छ ।खेलको पहिलो बलमै क्लान्दरका फास्ट बलर शाहिन शाह अफ्रीदीले इस्लामावादका न्यूजिल्याण्ड स्टार लुक रोञ्चीको विकेट लिएका छन् । त्यसपछि भने मैदानमा आएका फिल साल्टले लगातार चौका प्रहार गरिरहेका छन् । इस्लामावादले २ ओभरमा १ विकेट गुमाएर ३२ रन बनाएको छ ।नेपाली स्पीनर सन्दीपले पहिलो ओभरमै विकेट लिएका छन् । लाईभ भिडियो
संसारको सबैभन्दा कान्छी अर्बपति काइलीको  तस्बिर

संसारको सबैभन्दा कान्छी अर्बपति काइलीको तस्बिर

Posted in खेलकुद
अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन् ।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्।उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो। उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन्।एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन्।। कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए।जेनरले फोर्ब्सलाई भनिन्, “मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ। मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ।““तैपनि यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ। कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ।
पिपिएलमा नेपाली ठिटाे सन्दीपलाई पहिलो खेलमै तीन विकेट

पिपिएलमा नेपाली ठिटाे सन्दीपलाई पहिलो खेलमै तीन विकेट

Posted in खेलकुद
काठमाडौँ – नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिपिएल) को पहिलो खेलमै तीन विकेट लिएका छन् । लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आज भएको पहिलो खेलमा मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिन सफल भएका हुन् । पहिलो ओभरमा १८ रन खर्चिए पनि त्यसपछिका ओधरमा उनले लगातार विकेट लिन सफल भए । त्यसपछि दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए । जसमा जेम्स भिन्सलाई पेभेलियन फर्काएका थिए । त्यसपछि व्यक्तिगत तेस्रो ओभरमा उनले सोयव मलिकको विकेट लिन सफल भए । तर उनले सो ओभरमा १५ रन खर्चिएका थिए ।यसका साथै सन्दीपको सो ओभरमा एउटा क्याच ड्रप भएको थियो । सन्दीपले व्यक्तिगत चौथो ओभरमा अर्को विकेट लिए । आफ्नो अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका उनले दोस्रो बल डट गरे । त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई क्यान आउट गरे । उनले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए । आन्द्रे रसेल वेस्टइन
क्रिस्टियानो रोनाल्डोको कैयौँ कोशिस गए खेर, एट्लेटिको मड्रिडद्धारा रोनाल्डोको युभेन्टस २-० ले पराजित

क्रिस्टियानो रोनाल्डोको कैयौँ कोशिस गए खेर, एट्लेटिको मड्रिडद्धारा रोनाल्डोको युभेन्टस २-० ले पराजित

Posted in खेलकुद
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले कैयौँ कोशिस गर्दा पनि अन्तत रोनाल्डोको युभेन्टस एट्लेटिको मड्रिडसँग दूई–शून्यले पराजित भएको छ । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टसले खाता नै खोल्न नसकी पराजय बेहोरेको हो । जुन जित एट्लेटिकोका लागि अहिलेसम्मकै ठूलो हो । एट्लेटिकोको जितका लागी जिमिनेज र गोडिनले एक–एक गोल गरे भने युभेन्ट्सका लागी रोानालेले गरेका कैयौँ कोशिसहरु खेर गए ।खेलको ७१ औं मिनेटमा युभेन्टसले गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । तर ७८ औं मिनेटमा एट्लेटिकोले खेलमा अग्रता बनायो । जोस जिमिनेजले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएको केही मिनेटमा नै एट्लेटिकोले अग्रता दोब्बर पार्यो । अन्तत जित दर्ता गर्यो । र पनि युभेन्ट्स र रोनाल्डोको कोशिस भने जारी नै थियो । दुई गोलले पछि परेको युभेन्टसले त्यसपछि पनि तीन वटा मौका पाएको थ
७ खेलाडी मात्रै मैदानमा, २० गोल खाएपछि क्लब नै निलम्बनमा

७ खेलाडी मात्रै मैदानमा, २० गोल खाएपछि क्लब नै निलम्बनमा

Posted in खेलकुद
रोम : तेस्रो डिभिजनको इटालियन लिग फुटबलमा एउटा क्लबले विपक्षीसँग २० गोल खाएपछि कारवाहीको सामना गर्नु परेको छ । तेस्रो डिभिजनको इटालियन लिग अन्तर्गत सोमबार बिहान खेलिएको खेलमा कुनेओले प्रो पिसेन्जालाई २०-० गोलले हराएको थियो ।उक्त अस्वभाविक नतिजापछि इटालियन फुटबल संघले प्रो पिसेन्जालाई निलम्बन गर्ने निर्णय लिएको हो । ‘यो अस्वभाविक नतिजापछि हामीले लिगको नियमलाई पछ्याउँदै प्रो पिसेन्जालाई निलम्बन गर्ने लिएका छौं’, संघको अनुशासन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।जारी सिजनको लिगमा २५ खेल खेलिसक्दा प्रो पिसेन्जाले एउटा खेलमात्र जित्न सकेको छ । बाँकी २४ मध्ये पाँच खेल बराबरीमा टुंगिएको छ भने १९ खेलमा प्रो पिसेन्जा पराजित भएको छ । प्रो पिसेन्जा केवल आठ अंकसहित तालिकाको अन्तिम स्थानमा छ । त्यो आठ अंक पनि कारवाही स्वरुप खोसिने भएको छ ।जारी सिजनका चार खेलमा प्रो पिसेन्जाले अत्यन्तै खर
१ मिनेटको अन्तरमा नेपालले भारत बिरुद्द २ गोल गर्दै निकाल्यो शानदार जित, खेल अवधीभर भारतलाई राख्यो दबाबमा

१ मिनेटको अन्तरमा नेपालले भारत बिरुद्द २ गोल गर्दै निकाल्यो शानदार जित, खेल अवधीभर भारतलाई राख्यो दबाबमा

Posted in खेलकुद
काठमाडौँ । हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ गोल अन्तरले हराउन सफल भएको छ । खेल सुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले खाता खोल्दै भारतलाई दबाबमा राख्न सफल भएकी थिइन् । तर नेपालको यो खुशी केवल १ मिनेटमा नै दोब्बर बन्न पुग्यो ।पहिलो गोल गरेको १ मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकीपर अदिती चौहानले नै जाली चुमाइन् । उपहार गोलमार्फत नेपालले अग्रता दोब्बर बनायो ।खेलको ८४औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरेपछि रोमाञ्चक मोडमा पुगेको खेल अन्तत नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।भारतलार्य पराजित गरेसँगै नेपालले तीन अंक जोडेको छ । पहिलो खेलमा म्यानमारसँग तीन(शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिएको थियो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो । यसैबिच नेपालले आउँदो बुधबार इरानसँग