अन्तर्राष्ट्रिय समाचार

भारत र पाकिस्तानबीच गोली हानाहान जारी !

भारत र पाकिस्तानबीच गोली हानाहान जारी !

Posted in अन्तर्राष्ट्रिय समाचार
नयाँ दिल्ली, २३ फागुन । भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षको दावी छ ।भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् ।उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् ।गोली हानाहान भए पनि मानवीय क्षति नहुनेतर्फ उच्च सतर्कता अपनाइएको सैन्य अधिकारीहरूले बताएका छन ।समग्र अवस्था हेर्दा पहिलाको भन्दा धेरै शान्त छ, भारतीय सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।भारत प्रशासित काश्मिरको पुलवामामा केही दिन पहिले भएको आतङ्कवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच फेरी तनाव बढेको हो ।
गयो शक्तिसालि भूकम्प

गयो शक्तिसालि भूकम्प

Posted in अन्तर्राष्ट्रिय समाचार
किटो – इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभागले जनाएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी आइनसकेको इक्वेडरका सरकारी अधिकारीले बताएका छन् । भूकम्पको केन्द्रविन्दु पेरूको सीमा क्षेत्रमा रहेको मोन्टाल्भो शहरबाट करिब १७ किलोमिटर टाढा अमेजन क्षेत्रमा १३२ किलोमिटर गहिराईमा रहेको विभागले जनाएको छ ।दक्षिण अमेरिकामा अधिकांश ठूला भूकम्पहरू ७० किलोमिटर वा त्योभन्दा कम गहिराइमा जाने गरेको विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारको भूकम्पपछि दुई पराकम्प पनि गएका र एउटा ६.० म्याग्निच्युडको रहेको इक्वेडरको भगर्व विज्ञान अध्ययन संस्थाले जनाएको छ ।“अहिलेसम्म भूकम्पका कारण कसैको ज्यान गुमेको वा ठूलो भौतिक क्षति भएका खबर छैनन् तर कतिपय घरका झ्यालहरू फुटेका छन्,” माकास शहरका प्रमुख तार्किसियो ओजेदाले बताउनुभयो । भूकम्पपछि सरकारले सबै
भारतले पाकिस्तान माथि आक्रमण गर्ने भनेपछि पाकिस्तानले गर्यो यस्तो महत्वपूर्ण घोषणा, अब के गर्ला भारत ?

भारतले पाकिस्तान माथि आक्रमण गर्ने भनेपछि पाकिस्तानले गर्यो यस्तो महत्वपूर्ण घोषणा, अब के गर्ला भारत ?

Posted in अन्तर्राष्ट्रिय समाचार
इस्लामावाद, १० फागुन । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ ।ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो ।भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको छ ।ती संस्थामाथि यसअघि पाकिस्तान सरकारले प्रतिबन्ध लगाएको तर बीचमा फुकुवा गरेको थियो । भारत प्रशासित काश्मिरमा हालैमात्र भएको आतंककारी हमलापछि बिहीबार पुनः ती संस्थामाथि प्रतिबन्ध लगाइएको हो ।पाकिस्तान सरकारका सुरक्षा निकाय र राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि बिहीबार ती संस्थामाथि प्रतिबन्ध लगाइने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।पाकिस्तान सर
अत्यत दुखद घटना !!  हजारौ गोर्खा सेना रहेको ठाउँ कस्मिरमा घट्यो डरलाग्दो घटना, काश्मीरमा भीषण आक्रमण, १२ सुरक्षाकर्मीको मृत्यु

अत्यत दुखद घटना !! हजारौ गोर्खा सेना रहेको ठाउँ कस्मिरमा घट्यो डरलाग्दो घटना, काश्मीरमा भीषण आक्रमण, १२ सुरक्षाकर्मीको मृत्यु

Posted in अन्तर्राष्ट्रिय समाचार
नयाँ दिल्ली, भारत, २ फागुन – भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी १२ सुरक्षाकर्मीको मृत्यु भएको छ, विशेष प्रहरी अधिकारी मुनिर अहमद खानले एएफपीलाई बताउनुभयो ।भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणबाट १८ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ । आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएपनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमण
इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८ पुग्यो, ३० जना वेपत्ता

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८ पुग्यो, ३० जना वेपत्ता

Posted in अन्तर्राष्ट्रिय समाचार
जकार्ता, इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवनहरु ध्वस्त भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताउनु भएको छ । सो विभाग दिएको पछिल्लो विवरणअनुसार यस प्रकोपमा परी १६८ व्यक्तिको मत्यु हुनुको साथै अन्य ७४५ जना घाइते भएका छन् । अझ पनि यस प्रकोपमा परी ३० व्यक्ति हराइरहेका छन् । हराएको व्यक्तिको खोजी कार्यका कठिनाई देखिएको प्रवक्ता सुटोपोले बताउनुभएको छ ।इन्डोनेस
इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको भयानक सुनामीबाट ज्यान जानेको सङ्ख्या १६८ पुग्यो , ७४५ जना घाइते

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको भयानक सुनामीबाट ज्यान जानेको सङ्ख्या १६८ पुग्यो , ७४५ जना घाइते

Posted in अन्तर्राष्ट्रिय समाचार
जकार्ता – इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ । दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवनहरु ध्वस्त भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताउनु भएको छ ।सो विभाग दिएको पछिल्लो विवरणअनुसार यस प्रकोपमा परी १६८ व्यक्तिको मत्यु हुनुको साथै अन्य ७४५ जना घाइते भएका छन् । अझ पनि यस प्रकोपमा परी ३० व्यक्ति हराइरहेका छन् । हराएको व्यक्तिको खोजी कार्यका कठिनाई देखिएको प्रवक्ता सुटोपोले बताउनुभएको छ । इन्डोनेसिय
भयानक दुर्घटना हुनबाट मात्र ४७ सेकेण्डले जोगियो ३ सय यात्रुको ज्यान

भयानक दुर्घटना हुनबाट मात्र ४७ सेकेण्डले जोगियो ३ सय यात्रुको ज्यान

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । करीब ३ सय यात्रु बोकेका इन्डीगोका दुई विमान बंगलादेशको आकाशमा एकआपससँग टक्राउनबाट मात्र ४७ सेकेण्डले जोगिएको छ।भारतको कोलकाता विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले सम्भावित दुर्घटनाबारे थाहा पाएपछि मात्र ठूलो दुर्घटना टरेको हो ।एटीसीले दुई मध्ये एक विमानलाई आफ्नो दिशा परिवर्तन गर्न लगाएपछि दुई विमान एक आपसमा ठोक्किनबाट जोगिएको थियो ।भारतको विमानस्थाल प्राधिकरणका अधिकारीहरुले बुधबार भएको यो घटनामा बंगलादेशी अधिकारीहरुसँग यो घटनाबारे गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।दुई वर्ष पहिले पनि इन्डीगोका दुई विमान बंगलादेशको राजशाहीमा एक आपसमा ठोक्किनबाट बालबाल जोगिएका थिए ।कोलकाताको एटीसी अधिकारीहरुका अनुसार चेन्नाई–गुवाहाटी यात्रा गरिरहेको इन्डीगो विमानबारे जाँच गर्दा सोही दिशामा अर्को इन्डीगो विमान आइरहेको पत्ता लगाएका थिए ।चेन्नाई–गुवाहाटी विमानलाई को
सबै यहुदी मर्नै पर्छ भन्दै अमेरिकामा ११ जना यहुदीको हत्या

सबै यहुदी मर्नै पर्छ भन्दै अमेरिकामा ११ जना यहुदीको हत्या

Posted in अन्तर्राष्ट्रिय समाचार
पिट्सबर्ग – अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् । अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो ।बच्चाको न्वारान (अर्थात बच्चाको नाम राख्ने) कार्यक्रममा “ट्री अफ लाइफ” नामको प्रार्थनाघरमा भेला भएका व्यक्तिहरुमाथि ४६ वर्षीय रोबर्ट वोअर्सले अन्धाधुन्ध गोली चलाएको प्रार्थनाघरमा रहेका व्यक्तिको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । “सबै यहुदी मर्नै पर्छ” भन्दै रोबर्टले गोली चलाउन शुरु गरेका थिए ।प्रहरीले बन्धुकधारीलाई घाइते अवस्थामा पक्राउ गरेको छ । उनीमाथि फौजदारी अभियोगसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता गरिएको छ । सङ्घीय अभियोजनकर्ताहरुले निशृंश हत्यामा संलग्न रोबर्टमाथि लगाइएका मुद्दाका आधारमा मृत्युदण्ड समेत हुनसक्ने बताएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारण
डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्सलाई ब्लड क्यान्सर भयो, रुँदै डब्लुडब्लुईको रिङ छोड्दै गर्दा यसो भने (भिडियो)

डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्सलाई ब्लड क्यान्सर भयो, रुँदै डब्लुडब्लुईको रिङ छोड्दै गर्दा यसो भने (भिडियो)

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी। डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्सले रिङ छोडेका छन् । डब्लुडब्लुइ युनिभर्सल च्याम्पियन रोमन रेन्सलाई ल्युकिमिया भएको छ । जसको कारण उनले डब्लुडब्लुईको रिङ केही समयको लागि छाडेका हुन् । डब्लुडब्लुइको ‘मण्डे नाइट र’मा उनले आफूलाई ल्युकिमिया भएको र उपचार गर्नको लागि रिङ छाडेको बताएका हुन् ।रोमन रेन्सले ल्युकिमिया जस्ता गम्भीर रोगको शिकार भएर पनि कराडौैंलाई मनोरञ्जन दिँदै आएका थिए । ल्युकिमिया एक प्रकारको ब्लड क्यान्सर हो । यो ब्लड सेल्स बढ्ने रोग हो । ल्युकिमिया भएपछि ह्वाइट ब्लड सेल्सको डीएनएमा समस्या उत्पन्न हुन्छ । रोमन रेन्सले बताए अनुसार, ११ वर्षको उमेरमा उनि यो रोगको शिकार बनेका थिए । उपचारपछि यो रोगबाट छुटकरा पाउँदै आएका रोमन रेन्सलाई पुनः यो रोगले च्यापेको हो ।रोमन रेन्सको यो फैसलाले वल्र्ड रेसलिङ इन्टरटेन्मेन्टमा सबैलाई दुखी बनाएको छ । किनभने उनी डब्लुडब्लुइको सुप
फेरि आज पनि बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

फेरि आज पनि बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौँ । नेपाली बजारमा आज ९शनिबार० पनि अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ २९ पैसाले बढेको हो।आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १७ रुपैयाँ २४ पैसा छ भने विक्रिदर मूल्य १ सय १७ रुपैयाँ ८४ पैसा रहेको छ।एक यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ७२ पैसा छ।एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा छ।एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २२ पैसा छ। एक कतारी रियाल खरिददर ३२ रुपैयाँ २० पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।